देउवा निवासमा विपक्षी गठबन्धनको बैठक जारी

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १२ : १४
देउवा निवासमा विपक्षी गठबन्धनको बैठक जारी

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् ।

देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाल सहितका नेताहरु छलफलमा जुटेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको आह्वान गरेपछि विपक्षी दलहरु संवादमा जुटेका छन् ।

बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवासमा पुगिसकेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि भर्खरै देउवा निवासमा   पुगिसकेका छन् । यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई र रेणु यादव पनि केहीबेर अघि मात्रै देउवा निवास छिरेका छन् ।

प्रतिक्रिया दिनुहोस