काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक बुधबार बस्दैछ । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले आज दिउँसो साढे दुई बजे बानेश्विरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठक बस्ने गरी बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
उनका अनुसार आजको बैठकबाट समसामयिक राजनीतिक विषयमा रणनीति तय गर्ने पार्टी संसदीय दलको तयारी छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी भइरहेका बेला बस्न लागेको संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ जेठ २०७८, १२ : १६
लेखकबाट थप