अक्सिजन उद्योग सञ्चालन गर्न आधार दरमै ऋण

पत्रपत्रिकाबाट

बुधबार, ०५ जेठ २०७८, ०९ : ०२
अक्सिजन उद्योग सञ्चालन गर्न आधार दरमै ऋण

काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण ह्वात्तै बढेपछि अति आवश्यक बनेको अक्सिजन उत्पादनका लागि लगानी सहायतालाई नेपाल राष्ट्र बैङ्कले उच्च प्राथमिकतामा राखेको छ ।

राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७७-७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अक्सिजन उत्पादन गर्न चाहने उद्योगी तथा व्यवसायीलाई बैङ्कहरूले आधार दरमै ऋण उपलब्ध गराउने गरी व्यवस्था गरेको छ । केन्द्रीय बैङ्कले समीक्षामार्फत पछिल्ला दिनमा उच्च माग रहेको अक्सिजन उद्योग स्थापनाका लागि सहुलियत दरमा ब्याजदर दिने नीतिगत निर्णय गरेको हो ।

सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक, अस्पताल वा उद्योगहरूलाई तरल अक्सिजन प्लान्ट स्थापनाका लागि ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापनाका लागि २० करोडसम्मको कर्जालाई एक वर्षको विशेष पुनर्कर्जा उपलब्ध गराउने पनि राष्ट्र बैङ्कले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस