काठमाडौं । होटल सोल्टी अब लक्जरी सेग्मेन्टसहित आउने भएको छ । २६ वर्ष अगाडि इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी)सँग गरेको व्यवस्थापन सम्झौता १४ मे (बैशाख ३१ गते) सकिएसँगै होटलले नयाँ स्वरुपमा विकास गर्दै ‘दी सोल्टी काठमाडौं’को नामबाट पुनब्राण्डिंग गरेर थप लक्जरियस प्रोडक्टमा विकास गर्ने भएको छ ।
होटललाई समयअनुसार विस्तार र स्तरोन्नति गर्दै लाने योजनासहित व्यवस्थापनको जिम्मा होटल सोल्टीले नै हेर्ने गरी काम सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीले २६ वर्ष अगाडि आईएचजीसँग भएको व्यवस्थापन सम्झौता बैशाख ३१ गते टुंग्याएर जेठ १ गतेबाट नै होटलले आफनो व्यवस्थापन तथा पुनब्र्रान्डिङको काम सुरु गरेको कम्पनीका उपाध्यक्ष सुदर्शन चापागाईले बताए ।
“होटलले नै व्यवस्थापनको काम हेर्ने भएपछि हामी होटललाई दी सोल्टी काठमाडौंको नामबाट ब्रान्डिङ गर्दैछौं,” उपाध्यक्ष चापागाईंले भने, “व्यवस्थापनको जिम्मा होटलले लिएपछि आईएचजीको होटल सोल्टी क्राउन प्लाजाको नाम र ब्रान्डिङ अब दी सोल्टी काठमाडौं हुनेछ ।”कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०५ जेठ २०७८, ०८ : ०३
लेखकबाट थप