शनिबार नारायणी किनारमा संगीतको वर्षा

बुधबार, २१ चैत्र २०७४, १० : १९
शनिबार नारायणी किनारमा संगीतको वर्षा

चितवन । विभिन्न ब्याण्डका कलाकारहरु मिलेर खोलिएको प्रोजेक्ट वान नामक ब्याण्डले चैत २४ गते शनिबार नारायणी नदी किनार नारायणगढमा लाइभ इन चितवन कन्सर्ट आयोजना गर्ने भएको छ ।
कन्सर्टबारे जानकारी दिन  मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रोजेक्ट वान नेपालका मनोज घिमिरेले कन्सर्टको लागि स्टेज र साउण्ड सिस्टममा मात्रै दस लाख रुपैयाँ खर्च गर्न लागिएको बताउनु भयो । कन्सर्टको कूल खर्च ३० लाख रुपैयाँ अनुमान गरिएको छ । पाँच सय रुपैयाँ टिकट दर तोकिएको कन्सर्टमा पाँच हजार जना सहभागी गराउने आयोजकको लक्ष्य छ ।
प्रोजेक्ट वान र मण्डला इभेन्ट्स नेपालले कन्सर्टको आयोजना गर्न लागेका हुन् । कन्सर्टमा मुक्ति शाक्य, रबिन तामाङ, स्वप्नील शर्मा, निरन शाही, द स्याडोज् र अनुप्रस्थको प्रस्तुति रहने मण्डलाका रोशन गुरुङले जानकारी दिनुभयो । कन्सर्टमा संगीतकर्मीहरु हरि महर्जन, शरद श्रेष्ठ, रोशन कंसाकार, निखिल तुलाधरले साथ दिने छन् ।
अर्ना बियर प्रायोजक रहेको कन्सर्टको मुख्य सहयोगी एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस नारायणगढ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस