काठमाडौँ । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा गुणराज लोहनीले आज पदवहाली गरेका छन् ।
महानिर्देशक लोहनीले औषधि खरिद प्रक्रिया र रेबिजविरुद्धको ‘एन्टी रेविज भ्याक्सिन’को खरीद प्रक्रियालाई आजैबाट अगाडि बढाएको बताए ।
“राष्ट्रिय बिमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी रहँदा पनि मैले यहाँका समस्या नजिकबाट बुझेको छु, औषधि र एन्जिरेविज भ्याक्सिनको अभाव परिपूर्ति गर्न आजैबाट काम सुरु गरेको छु’’ महानिर्देशक लोहनीले भने ।
सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले डा लोहनीलाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन्।
एक महिनाभन्दा बढी समय महानिर्देशक नहुँदा औषधि खरिदलगायतका काममा बजेट पठाउन नसक्दा विभिन्न जिल्लामा औषधि खरिदको काम रोकिएको छ भने रेबिजविरुद्धको भ्याक्सिन पनि अभाव हुने अवस्थामा पुगेको छ । रासस
प्रतिक्रिया दिनुहोस