प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुँदै

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १५ : ०८
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुँदै

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ ।

आजको वार्तामा भने ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने भएका छन् । वार्तामा जाने नेपाल समूहका नेताहरुको टुंगो लागेको छ । ओलीसँगको वार्तामा नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने भएका छन् ।

तर ओली तर्फबाट भने टुंगो लागेको छैन । ‘उहाँहरु ओली र नेपाल बीच वार्ता हुने हो । अरुबारे थाहा छैन’, ओली निकट नेता एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले भने । ओली र नेपालबीच बिहीबार दिउँसो लामो सम्वाद भएको थियो । यो सम्वादमा एमालेभित्रको विवाद मिलाउने सहमति भएपछि नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको थियो ।

नेपाल समूह पछि हटेसँगै बिहीबार राति नै पुनः प्रधानमन्त्री निर्वाचित ओलीले आजै शपथ ग्रहण र पदभार गर्दैछन् भने पुरानै मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनःगठन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस