आजदेखि काठमाडौंमा अत्यावश्यक बाहेकका कार्यालय बन्द

पत्रपत्रिकाबाट

विहीबार, ३० बैशाख २०७८, ०७ : १३
आजदेखि काठमाडौंमा अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि  अत्यावश्यक बाहेकका कार्यालय बन्द हुने  भएका छन् । कोरोना सङ्क्रमणको जोखिम तीव्र रूपमा बढ्दै  गएकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने काठमाडौका   प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । 

काठमाडौ प्रशासनले   उक्त  निर्णयबारे  बुधबार सूचना  जारी  गरेर   जानकारीसमेत  गराएको  छ । आगामी जेठ १३ गते  राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको छ । गोरखापत्रमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस