एजेन्सी । चीनले प्रक्षेपण गरेको एक चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा खस्ने भएको छ । वैज्ञानिकहरुका अनुसार आइतबार चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा प्रवेश गर्ने भएको छ ।
चिनियाँले लङ्ग मार्च–५ बी रकेट नाम दिएको यानको मुख्य भाग खस्न लागेको हो। गएको महिना चीनको नयाँ अन्तरिक्ष केन्द्रको स्थापनाका लागि प्रक्षेपण गरिएको रकेटको अंश खस्न पृथ्वीमा खस्न लागेको हो । १८ टन तौलको रकेट भग्नावशेष पृथ्वीको वायुमण्डलमा आउन लागेको यो केही दशक यताकै पहिलो घटना हो। अमेरिकाले बिहीबार रकेटको भग्नावशेषलाई नियालिरहेको तर त्यसलाई आक्रमण गर्ने कुनै योजना नरहेको बताएको थियो।
अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले भनेका छन्, ‘कसैलाई पनि हानी नगर्ने क्षेत्रमा भग्नावशेष खस्ने अपेक्षा छ। समुद्र वा त्यस्तै प्रकारको अरु कुनै स्थानमा खस्ने आश छ।’ बैज्ञानिकहरुले खस्दै गरेको यो यानलाई सुरक्षित स्थानमा खसाल्न नसक्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २५ बैशाख २०७८, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु