शय्या खोज्दाखोज्दै कोरोना संक्रमित वडा सदस्यको एम्बुलेन्समै मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, ०९ : ४६
शय्या खोज्दाखोज्दै कोरोना संक्रमित वडा सदस्यको एम्बुलेन्समै मृत्यु

रूपन्देही । बुटवल उपमहानगरपालिकामा वडा नम्बर ७ का कोरोना संक्रमित वडा सदस्य नवीन थापामगरको मृत्यु भएको छ । थापाको गएराति अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो ।

नेकपा एमालेको वडाध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि संक्रमित भएपनि बेड अभावका कारण होमआइसोलेसनमा थिए । ‘तीन दिनअघि शय्या खोज्न आफैं अस्पतालमा गए पनि नपाएपछि घरमै अक्सिजन लिदै आएका थिए ।  

हिजो समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आईसीयू, भेन्टिलेटर नभएपछि भैरहवामा अस्पताल खोज्दै गर्दा एम्बुलेन्समै निधन भएको बताइएको छ । 

वडाध्यक्ष कमलप्रताप थापाले समयमै उपचार नपाएका कारण नविनको मृत्यु भएको बताए । ‘जनप्रतिनिधिले नै यस्तो अवस्थामा भोग्नुपरेपछि अरूको अवस्था के होला ? महामारी भयावहले घेरिसक्यो,’ बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले भने ।


 

प्रतिक्रिया दिनुहोस