काठमाडौं । आगामी मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मानेको छ ।
विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने देखिन्छ ।प्रदेश १ का मध्य तथा हिमाली भागमा पनि सरदरभन्दा बढी ३५.६५ प्रतिशत वर्षा हुने आकलन गरिएको छ ।
लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश २ को पश्चिम भूभागमा भने सरदर ३५.४५ प्रतिशत र प्रदेश १ को तराई र प्रदेश २ का पूर्वी जिल्लाहरूमा सरदरभन्दा कम ३५.४५ प्रतिशत वर्षा हुनेछ ।
सरदर वर्षा भन्नाले कुनै पनि मौसम मापन केन्द्रको लामो समय सन् १९८१–२०१०० को ३३.३ देखि ६६.६ प्रतिशत वर्षालाई जनाउँछ । सरदरभन्दा कम र बढी वर्षा भन्नाले क्रमशस् ३३.३ प्रतिशतभन्दा कम र ६६.६ प्रतिशतभन्दा बढीको वर्षालाई जनाउँछ ।
गत वर्ष विभागले नेपालभर सरदर वर्षा हुने आकलन गरे पनि असमान वर्षा भएको थियो । केही भागमा सरदर, केही भागमा सरदरभन्दा बढी र केही भागमा कम वर्षा भएको थियो । यद्यपि त्यसले पहिरोजन्य क्षति भने अत्यधिक निम्त्याएको थियो ।
विभागले विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूप आकलन, मनसुनी वर्षा आकलन गर्ने प्रारूप र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा मनसुन प्रक्षेपण गरेको हो ।
वैशाख १५ मा भर्चुअल माध्यमबाट भएको दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च सास्कोफको १९औं सत्रले दक्षिण एसियाका धेरै भूभागमा आगामी मनसुन अवधिमा साधारणतया सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ ।
उक्त मञ्चमा नेपाल, भारत, म्यानमारलगायत दक्षिण एसियाली ९ वटा मुलुकका मौसमविद् र विश्व मौसम संगठन ९डब्लूएमओ०, डब्लूएमओको क्षेत्रीय जलवायु केन्द्र, पुने भारत, युके मेट अफिस, राइम्स, थाइल्यान्ड, अमेरिका, जापानलगायत देशका प्रतिनिधि हुन्छन् ।
विशेषज्ञहरूले दक्षिण एसियाका उत्तर पश्चिमी, हिमालयका काख र उत्तरपूर्वी भेगमा केही भूभाग र मध्य भागका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेका छन् ।सुदूरउत्तरपश्चिमी र उत्तरपूर्वी भागका धेरै भूभागमा सरदरभन्दा कम वर्षा हुने विशेषज्ञहरूको विश्लेषण छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ बैशाख २०७८, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ प्रदेशमा फैलियो मनसुन, कर्णाली र सुदूरपश्चिम पुग्दै
आइतबारसम्म देशभर मनसुन फैलिने
नेपाल भित्रियो यसबर्षको मनसुन
एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान
नेपालको पूर्वी क्षेत्रबाट आागमी १० दिनमा मनसुन भित्रिने
भारतको केरल आइपुग्यो मनसुन, नेपालमा सात दिनभित्र मनसुनको प्रभाव देखिने