बादललाई राष्ट्रिय सभाको उम्मेदवार घोषणा गर्ने एमालेको निर्णय ( भिडियो सहित )

सफल खबर संवाददाता

विहीबार, २३ बैशाख २०७८, १३ : ०५
बादललाई राष्ट्रिय सभाको उम्मेदवार घोषणा गर्ने एमालेको निर्णय ( भिडियो सहित )

काठमाडौँ । एमालेले राष्ट्रिय सभा वाग्मती प्रदेशको उपनिर्वाचनका लागि जित सुनिश्चित भएपछि उम्मेदवार घोषणा गर्ने भएको छ । एमालेले राष्ट्रिय सभा वाग्मती प्रदेशको उपनिर्वाचनका लागि जित सुनिश्चित भएपछि उम्मेदवार घोषणा गर्ने भएको छ । स्थायी कमिटीको बिहीबारको बैठकले राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवारको जितका आधारबारे छलफल गरेको थियो ।

गृहमन्त्री रामहादुर थापा माओवादीबाट निर्वाचित भएर एमाले प्रवेश गरेपछि रिक्त भएको वाग्मती प्रदेशको राष्ट्रिय सभा सिटमा जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । उक्त सिटमा थापालाई नै उम्मेदवार बनाउने एमालेले यसअघि निर्णय गरेको थियो ।

एमालेका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीको उम्मेदवारको जित सुनिश्चितता हुनेगरी मतदाताहरूसँग छलफल गर्ने र त्यसपछि उम्मेदवारी घोषणा गर्ने निर्णय भएको बताए । राष्ट्रिय सभा उपनिर्वाचनमा जित सुनिश्चितताका लागि नेताहरूले विभिन्न सुझाव दिनुभएको छ । मतदातासँग कुराकानी पछि उम्मेदवार घोषणा गर्ने निर्णय भएको छ, उनले भने ।

वाग्मती प्रदेशको राष्ट्रिय सभा रिक्त पदमा कांग्रेस, माओवादी, एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष तथा जनता समाजवादीको उपेन्द्र यादव समूहले भने खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत माग्ने विषयमा पनि स्थायी कमिटीमा छलफल भएको ज्ञवालीले बताए ।

 

प्रतिक्रिया दिनुहोस