म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृत्यु भएको हो ।
सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका छन् । सोमबार साँझ पानी परेपछि उनीहरु ओत लागेर बसेको ढुङ्गा एक्कासी माथिबाट खसेर च्यापिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । उनीहरु बालुला लिन कालीगण्डकी किनारमा गएको समयमा पानी परेपछि ओत लाग्न ढुङ्गामुनि बसेका थिए ।
बोगटीको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भाग्ने क्रममा घाइते भएका जिसीको बेनी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुसँगै ओत लागेर बसेका अर्का एक जना भागेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ बैशाख २०७८, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, मूल समारोहमा राष्ट्रपति पनि सहभागी हुने
आज विश्व युवा दक्षता दिवस मनाइँदै
७५ प्रतिशत युवा विदेश नपुग्दै ठगिन्छन्
काठमाडौंमा दुईदिने युवा नेतृत्व सम्मेलन
रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम