काठमाडौंमा दुईदिने युवा नेतृत्व सम्मेलन

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, ०८ : ५३

काठमाडौं । राष्ट्रिय युवा परिषद र युवा गैरसरकारी संस्था महासंघ नेपालद्वारा आयोजित युवा नेतृत्व सम्मेलन शुरु भएको छ। नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले शनिवार उपत्यकामा सम्मेलनको उद्घाटन गरेका थिए। दुईदिसम्म चल्ने सम्मेलनमा सातै प्रदेशका दुई सय जना युवाहरुको सहभागिता रहेको छ।

सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले भष्ट्रचारको अन्त्य र सुशासनको प्रत्याभुति गरेर मात्र लोकतन्त्र मजवुद हुने वताए। श्रेष्ठले अरुलाई छाड्नुहुंदैन तर आफु वा आफ्नो मान्छेलाई चाहिं छुनुहुंदैन भन्ने प्रवृत्तिवाट सुशासन वहाली हुन नसक्ने वताए। युवाहरु परजीवी नभएर स्वाधीन र संघर्षशील बन्न सक्नुपर्ने धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले भने -'नेतृत्वका लागि युवाहरुले आफुलाई तयार गर्नुपर्छ।' सांसद तोषिमा कार्कीले युवाहरुलाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी गराउनुपर्ने वताइन्।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवालाई भविश्यका कर्णधार मात्र नभएर वर्तमानका साझेदार वनाउनुपर्ने धारणा राखे। युथ भिजन २०२५ निर्माण कार्यदलका संयोजक योगेन्द्र शाहीले युवाका नीति राम्रो अपेक्षाकृत नतिजा आउन नसकेको वताए। प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका युवा नेता रमेश मल्लले सरकारले युवालाई केन्द्रविन्दुमा राखेर नीति कार्यक्रम र वजेट ल्याएको दावी गरे।

युवा गैर सरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरीले दुई दशकदेखि युवाका हक, अधिकार र कर्तब्यका सवालमा निरन्तर क्रियाशील रहेको वताए। दुईदिने युवा सम्मेलनमा उठेका विषय र निष्कर्षका आधारमा युवा घोषणा पत्र जारी गरिने र उक्त घोषणापत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको महासंघका महासचिव संदिप राईले बताए ।

प्रतिक्रिया दिनुहोस