गुरुङको उपचारमा पार्टीले आवश्यक सहयोग गर्छ : प्रचण्ड

आइतबार, १८ चैत्र २०७४, १७ : ५४
गुरुङको उपचारमा पार्टीले आवश्यक सहयोग गर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद पत्नी पार्वती गुरुङको स्वास्थ्य उपचारमा पार्टीले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

मिर्गौला र श्वासप्रश्वासको समस्याबाट पीडित भई विगत एक सातादेखि नर्भिक अस्पतालमा उपचाररत गुरुङको आज नर्भिक अस्पतालमा पुगी अध्यक्ष दाहालले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । सो क्रममा अध्यक्ष दाहालले चिकित्सकसँग गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले बिरामीका छोरा सुरेन्द्र गुरुङलाई भेटी आमाको स्वास्थ्य उपचारमा कुनै समस्या परे पार्टीलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

चितवन शारदानगर निवासी गुरुङका पति डम्बर गुरुङको २०५९ कात्तिक २५ गते चितवनको चण्डिभञ्ज्याङमा निधन भएको थियो । उहाँ तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ को शहीदका रुपमा माओवादी केन्द्रले सम्मान दिँदै आएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस