प्रतिनिधि सभा बैठक सञ्चालनबारे स्वास्थ्य विशेषज्ञहरुसँग सभामुखले गरे छलफल

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १५ : ४२
प्रतिनिधि सभा बैठक सञ्चालनबारे स्वास्थ्य विशेषज्ञहरुसँग सभामुखले गरे छलफल

काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठक सञ्चालनबारे स्वास्थ्य विशेषज्ञहरुसँग छलफल गरेका छन् ।सोमबार संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा भएको छलफलमा 

डा. भगवान कोइराला, डा. अनुप बास्तोला, डा. अमृतराज पोखरेल, डा.अधिक खनाल, डा. सागरराज भण्डारी, लोचन कार्की लगायत विशेषज्ञहरु सहभागी रहेका थिए ।

छलफलमा सहभागी विज्ञहरुले बैठकअघि सवै माननीयको पीसीआर अनिवार्य गर्न, केही दिनको ग्यापमा एन्टीजेन परीक्षण गर्न, सवैले अनिवार्य रुपमा एन ९५ मास्क लगाउन, दुरी कायम गर्न, एसी नखोल्न र कम्तिमा ३ मिटर दुरी कायम गरेर बैठक सञ्चालन गर्न सुझाव दिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । 

जवाफमा सभामुख सापकोटाले आएका सुझाव अधिकतम कार्यन्वयनका लागि पहल गर्ने बताएका थिए । उनले त्यसका लागि आएका सुझाव कार्यव्यवस्था परामर्श समितिको बैठकमा राख्ने र सोही अनुसार अघि बढ्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस