एमाले स्थायी कमीटी बैठक सकियो, राष्ट्रपति भेट्न प्रधानमन्त्री पुगे शीतल निवास

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १३ : ३४
एमाले स्थायी कमीटी बैठक सकियो, राष्ट्रपति भेट्न प्रधानमन्त्री पुगे शीतल निवास

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकियो । बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास लागेका छन् ।

एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा भएको छलफल तथा निर्णय बाहिर आइसकेको छैन ।बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतल निवास पुगेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस