अवैध सुनसहित भारतीय पक्राउ

आइतबार, १८ चैत्र २०७४, १४ : १३
अवैध सुनसहित भारतीय पक्राउ

काठमाडौँ । श्रीएयरलाईन्सको उडानद्वारा मोरङबाट काठमाडौं आउँदै गरेका एक भारतीय नागरीक अवैध सुन सहित पक्राउ परेका छन् ।

भारत कलकत्ता घर भएका ४० बर्षीय नारायण सामन्तोलाई मोति मालाको दाना आकारको ३ सय ९४ थान र पालतो सानो पाता १ थानको सुन सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर विमानस्थलमा खटिएको प्रहरीले शनिबार उनलाई चेक गर्र्दा उनको झोलाबाट उक्त सुन बरामद भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस