एक युुवतीको शंकास्पद मृत्यु

विहीबार, १४ मंसिर २०७४, १४ : ३६
एक युुवतीको शंकास्पद मृत्यु

रौतहट, १४ मंसिर ।  स्थानीय देवाही गोनाही नगरपालिकामा एक युुवतीको  शंकास्पद मृत्युु भएको छ । देवाही गोनाही नगरपालिका– ७ गोनाही टोलका सुुखाडी पाशवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो । शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर गए राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट  पुुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।

शरीरको आधाभन्दा बढी भाग जलिसकेको युुवतीको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलााका प्रहरी गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिनुुभयो । शव प्रहरीले नियन्त्रणमा लिएपछि घरपरिवारका सबै सदस्य घर छाडेर फरार छन् । युुवतीको मृत्युुको कारण हालसम्म खुुल्न नसकेको र शवको परीक्षण प्रतिवेदन आएपछि मात्र मृत्युुको कारण खुुल्ने प्रहरीले जनाएको छ ।(रासस)

 

प्रतिक्रिया दिनुहोस