कोरोना संक्रमित पूर्व रानी कोमल शाह आइसियूमा भर्ना

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १० : ३२
कोरोना संक्रमित पूर्व रानी कोमल शाह आइसियूमा भर्ना

काठमाडौं । पूर्व रानी कोमल शाह कोरोना संक्रमित भएसंगै अस्पतालमा भर्ना भएकी उनमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ ।

अस्पतालले जनाए अनुसार श्वासप्रश्वासको समस्यासंगै अक्सिजनको कमी देखिएपछि आईसीयूमा सारिएको हो । अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनको हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य छ । 

प्रतिक्रिया दिनुहोस