जनमोर्चाका सांसद शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १७ : १४
जनमोर्चाका सांसद शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

पोखरा । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको हो । 

सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको हो । राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उनको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार नै प्रदेशसभामा पत्र दिएकी थिइन् ।


 

प्रतिक्रिया दिनुहोस