काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
प्रचण्डको पारिवारिक स्रोतका अनुसार सीतालाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । अस्पताल पुर्याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र आज केही सुधार देखिएको चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बतायो । यद्यपि अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने एकिन छैन ।
सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी पीएसपी’ बाट पीडित छिन् ।गत पुसमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ बैशाख २०७८, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल अस्पताल भर्ना
अभिनेत्री पूजा शर्मा अस्पताल भर्ना