काठमाडौं । सरकारले गुड्ने र उड्ने यात्राको साधनमा विभेद गरेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निशेधाज्ञा जारी गर्दै यातायातका साधन बन्द गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरुले विभेद गरेको बताएका हुन् ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले विमान चल्न दिने तर सार्वजनिक सवारी बन्द गर्ने सरकारको नीति विभेदकारी भएको बताए । सार्वजनिक सवारीमा रोक तर विमान सञ्चालनमा निरन्तरताले कोभिड महामारी नियन्त्रण नहुने उनको भनाइ छ ।
“सरकारले सर्वसाधारणले प्रयोग गर्ने सवारी बन्द गरेर मात्र कोरोना नियन्त्रण हुने सोचले कोभिड नियन्त्रणमा आउँदैन,” महासचिव सिटौलाले भने, “विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय कार्यान्वयनमा सरकार लागे अवज्ञा गर्नेछौं ।” कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १४ बैशाख २०७८, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिनहुँको आन्दोलनले बैंक किस्ता तिर्न समस्या भयो : यातायात व्यवसायी
गण्डकीमा आजदेखि सार्वजनिक यातायात ठप्प