नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने एमालेको निर्णय

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १३ : ०५
नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएको झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकलाई खनाल–नेपाल समूहका सांसदलाई कारबाही गर्नेबारे छलफल भएपनि तत्काल कारबाही नगरी ‘उपयुक्त समयमा गर्ने’ निर्णय भएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

उनले बैठकमा नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको निष्कर्षमा निकालिएको उनीहरुले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने बताए । यसका लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको र उनीहरुको गतिविधिको आधारमा निर्णय लिइने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस