खुमबहादुर खड्काको निधनमा माओवादी द्धारा श्रद्धाञ्जलि

शनिबार, १७ चैत्र २०७४, १३ : ११
खुमबहादुर खड्काको निधनमा माओवादी द्धारा श्रद्धाञ्जलि

 
काठमाडौं  ।  कांग्रेस नेता खुमबहादुर खड्काको निधनमा नेकपा माओवादी केन्द्रले दुःख व्यक्त गरेको छ । माओवादी प्रवक्ता पम्फा भुसालले एक शोक वक्तब्य जारी गर्दै  खड़काप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् । यस्तै शोकको यस घडीमा उनका परिवार, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताप्रति समवेदना प्रकट गरिएको छ ।

निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध र लोकतन्त्रको पक्षमा भएको आन्दोलनमा खड्काको उल्लेखनीय भूमिका रहेको स्मरण समेत माओवादीले गरेको छ । खड्काको  शुक्रबार उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस