काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा पुग्दा आफूलाई फ्रान्सको आइफल टावर चढेको जस्तै स्मरण भएको बताएका छन् । शनिबार उद्घाटन भएपनि ओली धरहराको टुप्पोमा पुगेका थिए ।
धरहरा उद्घाटन समारोहलाई सम्बोधनका क्रममा धरहरा चढ्दाको अनुभव सुनाउँदै प्रधानमन्त्रीले भने, ‘मलाई अलीअली आइफल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’
उनले धरहराको टुप्पोमा बजोड हावा चलेको सुनाउँदै त्यहाँबाट काठमाडौंको दृश्य पनि मनमोहन देखिएको बताए । विगतको भन्दा धरहरा अग्लो भएको बताउँदै ओलीले धरहरा नेपालीको भावनासँग जोडिएको बताए ।
‘धरहरामा जनताका भावनाहरु छन् । धरहरा ढल्दा हामी आफै ढलेजस्तो लाग्छ । धरहराको भग्नावशेष हेर्दा आफ्नो इतिहास नै खण्डहर भएजस्तो लाग्छ’, ओलीले भने, ‘धरहरा उठ्दा गर्व महसुश हुन्छ । हामीले भरसक इतिहास र गौरव झल्कियोस् र आजका आधुननकिता पनि टल्कियोस् भन्नेमा ध्यान दिनेगरी बनाएका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ बैशाख २०७८, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न : प्रधानमन्त्री
थाइल्याण्ड भ्रमण अत्यन्त सफल र फलदायी रह्यो: प्रधानमन्त्री ओली
स्वदेश फर्किए प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान, साढे १२ बजे काठमाडौं आइपुग्ने