रु एक अर्बको अल्पकालीन बजेट ल्याइने

शनिबार, १७ चैत्र २०७४, ०९ : ३३
रु एक अर्बको अल्पकालीन बजेट ल्याइने

 

 

कञ्चनपुर ।  प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखी रु एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याउन लागिएको बताउनुभएको छ ।

वेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको निरीक्षणका लागि शुक्रबार पुग्नुभएका मन्त्री बोहराले प्रदेशमा रु २५ करोडको तरकारी भारतबाट भित्रिने गरेको उल्लेख गर्दै भारतीय तरकारीलाई विस्थापन गर्न किसानमुखी बजेट ल्याउन लागिएको बताउनुभयो ।

दैजी छेला औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने उहाँले बताउनुभयो । दैजी–जोगबुढा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, तटबन्ध निर्माणका लागि काम अगाडि बढाउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गाको नापनक्शा बनाई जग्गाधनी पुर्जा दिने काम अगाडि बढाइदिन नगरपालिकाका प्रमख अशोककुमार चन्दले मन्त्री बोहरासमक्ष आग्रह गर्नुभएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस