फ्लोर क्रस गर्ने कर्णालीका चार सांसदको पद रिक्त गराउने एमालेको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १३ : ५३
फ्लोर क्रस गर्ने कर्णालीका चार सांसदको पद रिक्त गराउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ ।

विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा,नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरि कारवाही गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको हो ।निर्णय कार्यन्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस