गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते बस्ने

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १८ : ०१
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते बस्ने

पोखरा । गण्डकी प्रदेशको प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ ।मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरुले दिएको समावेदनका आधारमा प्रदेश प्रमुखले वैशाख १३ मा विशेष अधिवेशन आह्वान गरेका हुन् ।


 

प्रतिक्रिया दिनुहोस