दमासकस । सिरियाको राजधानी दमासकसबाट पूर्वीभागमा पर्ने गुटा क्षेत्रबाट विद्रोही र उनका परिवारसहित करिब सात हजार तीन सय जनालाई सुरक्षित स्थानमा सरिएको छ । उनीहरुले गुटा क्षेत्र छोड्न पाउने रोजाई सरकारले दिएको थियो । राज्यद्वारा सञ्चालित समाचार समिति सानाले शुक्रबार सो कुराको जानकारी दिएको छ ।
सिरियाली विद्रोही समूह र सिरियाली सरकारबीच भएको सम्झौताअनुसार उनीहरुलाई गुटा छोडेर अन्यत्रै बस्न दिने भनिएको थियो । यसमा एक हजार २३४ जना विद्रोही र उनीहरुका परिवारजन रहेका छन् । उनीलाई उनले रोजेकै स्थान उत्तरी सिरियामा लगिएको बताइएको छ ।
सिरियाली सरकारले प्रमुख सहर पूर्वीगुटा, नामेली जमाल्का, आर्बिन, जोबार, आयु तर्मा, सहरबाट विद्रोहीलाई अन्यन्त्र सार्ने काम गर्र्दै आएको छ । हाल रुसको समर्थन रहेको सिरियाली सैन्य बलले विद्रोहीको नियन्त्रणमा रहेको ९० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ ।
केही महिनायता पूर्वीगुटामा रुसी समर्थनमा सिरियाली सैन्यले गर्दै आएको हवाई कारबाहीमा परी सयौँ सर्वसाधारणले ज्यान गुमाएपछि रुस र सिरिया सरकारले त्यहाँ युद्ध विरामको घोषणा गरेका थिए । सिरियामा त्यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सन् २०११ मा जनआन्दोलन सुरु भएको थियो । पछि यहाँ गृहयुद्धमा नै सुरु भएको छ र त्यो अहिले पनि जारी छ ।
अफ्रिन सहर नियन्त्रणमा
सिरियाको उत्तरी क्षेत्रमा अवस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा नियन्त्रणमा लिइएको छ । यहाँका अर्धसैन्य लडाकूले सो सहर नियन्त्रणमा लिएका हुन् ।
उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार हालै आएको थियो । गत बुधबार सेनाले सो भागलाई पूर्णरुपमा नियन्त्रणमा लिएको जानकारी दिएको छ । टर्कीले अफ्रिनमा हिंसा मच्चाइरहेको कुर्द लडाकू समूह वाईपीजीलाई गएको दुई महिनादेखि निशानामा पारेको थियो । उक्त समूहलाई टर्कीले आतंकवादी भनेको छ ।
अफ्रिन टर्कीको सेनाको सहयोगमा रहेको टर्की समर्थित लडाकू सहरको मुख्य भागमा पुगेका थिए । टर्की र सिरियाको सीमावर्ती सहर हो । सिरियाको पूर्वी गुटा क्षेत्रमा टर्की र सिरियाली सेनाले संयुक्तरुपमा कारबाही थाल्नुभन्दा केही समय अघि नै यहाँ टर्कीको सेनाको सहयोगमा टर्की समर्थित लडाकू समूहले कारबाही सुरु गरेका थिए । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस