प्रचण्डलाई युरोपियन मिसनको चार प्रश्न : शिवनगरमा प्रचण्डले दिए यस्तो जवाफ

विहीबार, १४ मंसिर २०७४, १० : १६
प्रचण्डलाई युरोपियन मिसनको चार प्रश्न :  शिवनगरमा प्रचण्डले दिए यस्तो जवाफ


चितवन । युरोपियन युनियन इलेक्सन अब्जरभेसन मिसन, नेपालको टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेटवार्ता गरेका छन् । चुनावी अभियानको क्रममा चितवनमा नै रहेका अध्यक्ष प्रचण्डलाई टोलीले शिवनगरस्थित उनकै घरमा भेटेका हुन्  ।लरेन्स कार्लियर नेतृत्वको तीन सदस्यीय टोली र प्रचण्डबीच भएको सवाल जवाफ यस्तो छ
निर्वाचनको यस समयमा तपाइँलाई कतैबाट सुरक्षा थ्रेट आएको छ कि छैन ?
(मलाई त्यास्तो थ्रेट कतैबाट आएको छैन ।

तपाईं सहभागी निर्वाचन सभाहरुमा बढी मानिसको उपस्थिति देखिन्छ नि  ?
चितवन मेरो जिल्ला हो । मेरो जन्मस्थान हो । म पढेको, हुर्केको जिल्ला हो । मलाई चितवनबासीले मायाँ गर्नुहुन्छ । कुनै दल विशेष मात्र भन्दा पनि सम्पूर्ण (दलका) चितवनवासीले मलाई साथ दिनुहुन्छ ।

यस निर्वाचनमा तपाइंको प्रतिस्पर्धा कस्तो हुने देख्नुहुन्छ ?
यस पटकको निर्वाचनमा मैले चितवनबाट उम्मेदवारी दिएको छु । यस पटकको निर्वाचनमा मेरो खासै प्रतिस्पर्धा हुँदैनन् । किनकी, मेरो प्रतिस्पर्धि केही छैनन् । समग्र चितवनको विकासको लागि चितवनवासीले मलाई विश्वास गर्नुहुनेछ ।

जनयुद्धको समयमा चितवनकै बाँदरमुढेमा भएको घटनाबारे ?
बाँदरमुढे घटना युद्धको समयमा भएको ठूलो र निकै दुखद घटना हो । यसबारेमा छानबिन गर्न सत्य निरुपण आयोग गठन भएको छ । आयोगले आवश्यक र सही निर्णय गर्नेछ भन्नेमा म विश्वस्त छु ।

 

प्रतिक्रिया दिनुहोस