काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्ध घोषणा गरेको छ । साइबर आक्रमण र शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगाउँदै अमेरिकाले रुसी संस्था र अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
गत वर्षको चर्चित ‘सोलारविन्ड्स’ नामक ह्याकिंगमा रुसी जासुसीको हात रहेको आरोप अमेरिकाले लगाएको छ । यस्तै सन् २०२० को राष्ट्रपति निर्वाचनमा पनि रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाको छ ।
युरोपेली संघ, नेटो र बेलायतले अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धको समर्थन गरेका छन् ।यद्यपि रुसले अमेरिकाले लगाएका आरोपहरु अस्वीकार गर्दै त्यसको प्रतिउत्तर दिने जनाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धको निर्णय खतरनाक भन्दै त्यसले तनाव बढाउने उल्लेख गरेको छ ।
यसअघि गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई विष दिएर मार्न खोजेको आरोपमा अमेरिकाले सात जना रुसी अधिकारी र एक दर्जन बढी संस्थाहरुलाई पनि प्रतिबन्ध लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०३ बैशाख २०७८, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै सर्त मान्न टिकटक तयार भएपछि प्रतिबन्ध हटाउँदै सरकार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
फेसबुक, युट्युबलगायत सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदै पाकिस्तान