भक्तपुरको मध्यपुरथिमीमा सिन्दुरजात्रा

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, ०९ : ४८
भक्तपुरको मध्यपुरथिमीमा सिन्दुरजात्रा

भक्तपुर ।भक्तपुरमा सिन्दुर खेलेर सुथः सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा यो जात्रा मनाउने गरिएको छ ।स्थानीयवासीले बिहानै टोलटोलबाट विभिन्न देवताहरूको मूर्तिलाई खटमा बोकेर सिन्दुर खेल्दै जात्रा मनाएका हुन् ।

जात्रामा एकअर्कामा सिन्दुर दलिन्छ भने हातहातमा बत्ती बोकेर नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ । जात्रामा चोक, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस