खुल्ला चौरमा बेवारिसे शव फेला

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, ०९ : १०
खुल्ला चौरमा बेवारिसे शव फेला

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिणतर्फको खुल्ला चौरमा बेवारिसे शव फेला परेको छ । शव चिंगाड गाउँपालिका ६ का अन्दाजी वर्ष ३५ को जितेन्द्र चलाउनेको भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिक–१२ भावरटोलमा घरभाडामा बस्दै आएका चलाउनेलाई बिहान ७ बजे प्रहरीले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सहायक प्रहरी निरीक्षक नविन शाहीले जानकारी दिए ।उनका अनुसार शव व्यवस्थापन गरि पोष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लिनुका साथै थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस