चिडियाखानाका ‘पाहुना’ रमाउन थाल्यो

पत्रपत्रिकाबाट

विहीबार, ०२ बैशाख २०७८, ०८ : १४
चिडियाखानाका ‘पाहुना’ रमाउन थाल्यो

ललितपुर । करिब १० वर्षसम्म बर्दियाको घना जङ्गलमा आफैँ सिकार गरेर विचरण गरेको पाटेबाघ सदर चिडियाखानाको ‘रेडिमेड’ मासुमा चाँडै रमाउन थालेको छ । चिडियाघरको पाहुना रमाउन थालेपछि संरक्षणकर्मीमा पनि सन्तोष बढेको छ । गैँडा गणनामा संलग्न हात्ती माउते पुलिसराम चौधरीको ज्यान लिएपछि बेहोश गररे यहाँ ल्याइएको यो बाघ सदर चिडियाखानामा बस्न थालेको एक साता पुगेको छ । 

बर्दियाबाट सडकमार्ग हुँदै ललितपुर जावलाखेलस्थित सदर चिडियाखाना पुयाएकै दिन भोको पेटमा तीन केजी मासु मजाले खाएको बाघले जङ्गलमा भुत्लासहित खाएको सिकारजस्तै मीठो स्वाद मानेर खाला भन्ने चिडियाखानाका कर्मचारीलाई विश्वास लागेको थिएन । 

तर,यो बाघले जङ्गली सिकार र ‘रेडिमेड’ सिकारमा गन्ध थाहा नपाएझैँ गररे खाएको देखेपछि कर्मचारी पनि अचम्ममा परेका छन् । हाल चिडियाखानामा योसहित पाँचवटा बाघ छन् । अरू चार बाघ चितवन राष्ट्रिय निकुञ्जमा समस्याग्रस्त भएपछि यहाँ ल्याइएका हुन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस