सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई उपचारमा छुट

पत्रपत्रिकाबाट

विहीबार, ०२ बैशाख २०७८, ०८ : ००
सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई उपचारमा छुट

काठमाडौं । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले स्वास्थ्योपचारमा सुविधा पाउने भएका छन् । त्यसका लागि सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध योगदानकर्तालाई कार्डका आधारमा स्वास्थ्य उपचारमा लाग्ने खर्चको ८० प्रतिशत रकम अस्पतालले बेहोर्ने व्यवस्था गरेको छ ।

त्यसको परीक्षण सेवा सुुरु गरेको कोषले जनाएको छ । व्यवस्थालाई सरल बनाउन नयाँ व्यवस्थाको परीक्षण सुुरु गरेको जनाएको छ । कोषमा हाल १०५ वटा अस्पताल वा स्वास्थ्य संस्था आबद्ध भए पनि पाइलट कार्यक्रमका रूपमा वीर र शिक्षणलगायतका केही अस्पतालबाट सुुरु गरिएको कोषले जनाएको छ ।

अस्पतालमा उपचार गराएपछि बिलमार्फत कोषको रकम दाबी गर्ने प्रक्रिया झन्झटिलो भएको भन्ने योगदानकर्ताको गुनासो धेरै आएकाले कोषको योजनामा आबद्ध भएका अस्पतालमार्फत उक्त सेवा परीक्षणका रूपमा सुुरु गरेको हो ।कोषका प्रवक्ता विवेक पन्थीले कोषले हाल ‘पाइलट’ कार्यक्रमका रूपमा नयाँ सेवा उपचार सेवा सुुरु गरेको र यसको प्रभावकारिताका आधारमा यसलाई स्थायित्व दिने बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस