एमालेमा एक पछि अर्को समानान्तर कमिटी घोषणा गर्नेक्रम तिव्र

सफल खबर संवाददाता

मंगलबार, ३१ चैत्र २०७७, २१ : ११
एमालेमा एक पछि अर्को समानान्तर कमिटी घोषणा गर्नेक्रम तिव्र

काठमाडौँ । एमालेमा एक पछि अर्को समानान्तर कमिटी घोषणा गर्नेक्रम तिव्र भएको छ । माधव नेपाल समूहले राजु गुरूङको अध्यक्षतामा नेकपा एमाले रूपन्देही समानान्तर किमिटि घोषणा गरेको छ ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा आज जिल्ला कमिटि घोषणाा भएको हो ।

जिल्ला विस्तारित बैठक मार्फत एमाले रूपन्देही कमिटि पुर्नगठन गरिएको हो  जसको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवि चौधरी र उपसचिवमा सिद्विचरण भट्टराईलाइ जिम्मेवारी तोकिएको छ । २ सय ५ सदस्यीय समानान्तर कमिटि निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस