धुलिखेलमा पोलमा बाँधेर कुकुरको निर्मम हत्या

सफल खबर संवाददाता

मंगलबार, ३१ चैत्र २०७७, ०८ : ०६
धुलिखेलमा पोलमा बाँधेर कुकुरको निर्मम हत्या

काठमाडौं । धुलिखेलमा  दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेका छन् ।  घटना चैत १८ मा भएको हो । बिजुलीको पोलमा कुकुरलाई बाँधेर कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको हत्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ  ।

सामाजिक सञ्जालमा सो भिडियो अपलोड भएपछि जनावर प्रेमीहरूले कुकुर मार्नेलाई कारवाही गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरेका छन् । प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ । 

८ वर्षको बालकलाई टोकेपछि उनका आफन्तले कुकुर मारेको भनिएको छ । चैत २९ मा जनावर प्रेमी सिर्जना पञ्जिायर सहिको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले कुकर मार्नेलाई कारवाही गर्नका लागी प्रहरीमा उजुरी दिएका छन् ।

कुकुरको हत्या गरेको भिडियो भाइरल भएपछि काठमाडौँबाट गएको एउटा समूहले कुकुरले टोकेको बच्चा बस्ने घरमा तोडफोड गरेका छन् । बालकको बुवा विदेशमा छन् । आमासँग बस्ने बालकलाई सो समूहले अमानवीय व्यवहार गर्दै घरको सिसा फुटाएको डिएसपी खतिवडाले बताए ।कुकुरको हत्या गर्नेलाई ५ हजार जरिवाना र १ महिना कैद हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस