उत्तर र दक्षिण कोरिया

उत्तरकोरियाली नेता किम र दक्षिण कोरियाका राष्ट्रपतिबीच हुने भेटवार्ताको समय तोकियो

विहीबार, १५ चैत्र २०७४, २० : २९
उत्तरकोरियाली नेता किम र दक्षिण कोरियाका राष्ट्रपतिबीच हुने भेटवार्ताको समय तोकियो

एजेन्सी । उत्तर र दक्षिण कोरियाबीच आउँदो अप्रिल २७ मा शिखर वार्ता हुने भएको छ । दुई देशबीच जारी एक वक्तव्य अनुसार ती दुई देशका नेताहरुबीच अप्रिल अन्तिम साता भेटवार्ताको तय भएको हो ।

सो भेटवार्तामा उत्तरकोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच दुई देशबीचका बिषयमा गम्भीर वार्ता हुने बीबीसीले जनाएको छ । उक्त शिखर वार्ताको तयारी दुई देशका अधिकारीहरुबीचको भेटवार्ता पछि तय भएको हो ।

यी दुई देशबीचको शिखर वार्ता एक दशकपछि पहिलोपटक हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस