प्रदेश नम्बर २ मा प्रादेशिक प्रहरी भर्नाको तयारी

विहीबार, १५ चैत्र २०७४, २० : १२
प्रदेश नम्बर २ मा प्रादेशिक प्रहरी भर्नाको तयारी

पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी संघलाई सहमतिका लागि पठाइएको जानकारी दिएका छन् ।  दुई हजार ६१७ औँ महावीर ज्यन्तीका अवसरमा जैन श्वेताम्बर तेरापंथी सभाले आज यहाँ आयोजना गरेको कार्यक्रम उनले संघीय सरकारको सहमतिपछि प्रादेशिक प्रहरी भर्ना शुरु हुने बताए ।

उनले प्रदेश सकारले प्रहरी भर्ना गरेपछि अपराध न्यून भई सुशासन कायम हुने जिकिर गरे ।   सो अवसरमा प्रदेश नं २ का भौतिक पूर्वधार तथा योजनामन्त्री जीतेन्द्र सोनलले वर्ग, क्षेत्र र जात÷जातिबीचको विभेदलाई हटाउँदै राजनीतिक रुपमा सबै नागरिकलाई समान अधिकार दिए मुलुकमा दिगो शान्ति कायम हुने बताए । 

पर्साको ठोरीलाई ३ नं प्रदेशमा मिलाउने भनी सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यक्त गरेको भनाइको प्रतिवाद गर्दै मन्त्री सोनलले पर्सा जिल्लाको एक इञ्च भूभाग पनि कसैलाई नदिइने प्रष्ट पारे । रासस

प्रतिक्रिया दिनुहोस