दुई सातामा २७१ बालबालिका संक्रमित

पत्रपत्रिकाबाट

सोमबार, ३० चैत्र २०७७, ०७ : ०५
दुई सातामा २७१ बालबालिका संक्रमित

काठमाडौं । काठमाडौंका ११ वर्षीय एक बालक अघिल्लो आइतबार शिथिल अवस्थामा कान्ति बाल अस्पतालको पीआईसीयूमा भर्ना भए । कान्ति ल्याउनुअघि निजी प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको थियो ।

कान्तिमा पुनः पीसीआर गराउँदा पोजिटिभ देखियो । ती बालकलाई थलिनुअघि ज्वरो आउनुका साथै झाडाबान्ता भएको थियो । उपचारकै क्रममा बालकको शनिबार मृत्यु भयो ।

‘उपचारका सबै विधि अपनाउँदा पनि बचाउन सकिएन,’ कान्तिका बालरोग विशेषज्ञ एवं पीआईसीयू विभाग प्रमुख डा. प्रकाश जोशीले भने ।

कान्तिमा कोरोना संक्रमित तीन बालबालिकालाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ । उनीहरू सबैमा लक्षण देखिएको छ । सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा रहेका २६ जना संक्रमितमध्ये चार जना बालबालिका छन् । कान्तिपुर दैनिकामा खबर छ ।  

प्रतिक्रिया दिनुहोस