एक दशकमा २२ लाख रोजगारी

पत्रपत्रिकाबाट

आइतबार, २९ चैत्र २०७७, ०७ : १८
एक दशकमा २२ लाख रोजगारी

काठमाडौं । निजी क्षेत्रले एक दशकमा २२ लाख नयाँ रोजगारीसहित १ खर्ब ८ अर्ब डलर लगानी गर्ने जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा नेतृत्वको कार्यसमिति आइसकेपछि भिजन पेपर तयार गरेर यस्तो प्रतिवद्धता सार्वजनिक गरेको हो ।

शनिबार सार्वजनिक ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ को भिजन पेपरमा एक दशकमा नेपालको आर्थिक अवस्था, व्यापार घाटा न्यूनीकरण, रोजगारी सिर्जना, उद्यम व्यवसाय, विद्युत् उत्पादन र निर्यात, कृषिको व्यवसायीकरण, पूर्वाधारमा लगानीलगायत कोभिड–१९ को प्रभाव न्यूनीकरणका आधारहरु तय गर्ने उल्लेख छन् ।

महासंघको ५५औं वार्षिक साधारण सभामार्फत एक सय वटा योजनासहितको भिजन पेपर सार्वजनिक गरिएको छ । महासंघ अध्यक्ष गोल्छाले भिजन पेपर इमान्दारीपूर्वक कार्यान्वयन हुँदा आउने दशकमा १ खर्ब ५० अर्ब डलर भन्दा बढी लगानी हुने र त्यसमध्ये करिब १ खर्ब ८ अर्ब डलर निजी क्षेत्रबाट लगानी हुने बताएका छन् ।

३९ अर्ब डलरको अर्थतन्त्र एक दशकमा सय अर्ब डलरमा पुग्ने भिजन पेपरमा उल्लेख छ । हाल व्यापार घाटा र अर्थतन्त्रको अनुपात करिब २८ प्रतिशत रहेको छ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस