‘कांग्रेस सुकुम्बासी उत्पादन गर्ने पार्टी’ : नारायण दाहाल

बुधबार, १३ मंसिर २०७४, २० : ३९
‘कांग्रेस सुकुम्बासी उत्पादन गर्ने पार्टी’ : नारायण दाहाल


चितवन । माओवादी केन्द्रका नेता एवं प्रतिनिभीसभातर्फका समानुपातिक उम्मेद्वार नारायण दाहालले नेपाली कांग्रेसले सुकुम्बासी उत्पादन गरेको आरोप लगाएका छन् । चुनावी घरदैलोका क्रममा बुधबार शक्तिखोर पुगेका दाहालले कांग्रेसले सुकुम्बासी उत्पादन गरेको उल्लेख गर्दै भने, ‘कांग्रेस युवाहरुलाई विदेश पठाउन र उद्योगधन्दा, कलकारखाना बन्द गर्ने पार्टी हो ।’
पुर्व सांसद समेत रहेका दाहालले बुधबार बाट कालिका नगरपालिकाको शक्तिखोरबाट घरदैलो अभियान शुरु गरेका छन् । साविक शक्तिखोर गाविसका विभीन्न स्थानम घरदैलो गरेका दाहालले चितवनको विकासको मुल बामगठबन्धनले नै फुटाउने दाबी गरे ।
‘संवृद्धि र स्थिर सरकारका लागी अहिले बामपन्थीहरु बिच गठबन्धन बनेको छ’ दाहालले भने, ‘यो एकतालाई कसैले तोड्न सक्दैन, २१ गते हुने दोस्रो चरणको निर्वाचन पछी कम्युनिष्टको शासन आउँछ ।’                 

प्रतिक्रिया दिनुहोस