कोरोना अपडेट : थपिए २ सय ८८ जना संक्रमित ,१ सय २७ जना डिस्चार्ज

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, १६ : २४
कोरोना अपडेट : थपिए २ सय ८८ जना संक्रमित ,१ सय २७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७९  हजार ३ सय ८७  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार कसैको  मृत्यु भएको छैन्। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय २७  जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ७ सय  ३५ पुगेको छ । हाल देशभर २ हजार ६ सय १५ जना सक्रिय संक्रमित रहेका  छन् ।