कम्युनिष्टले मात्रै जनताको पक्षमा काम गर्न सक्छ : प्रचण्ड

बुधबार, १३ मंसिर २०७४, १७ : ४२
कम्युनिष्टले मात्रै जनताको पक्षमा काम गर्न सक्छ : प्रचण्ड


भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट पाटीले मात्र देशलाई निकाश दिने बताउनुभएको छ । भरतपुर २४ को चुनावी सभामा बोल्दै उहाँले भुमरीमा परेको देशलाई दुई कम्युनिष्ट पाटीको अथक प्रयास पछि नयाँ युगमा प्रवेश गराउन लागिएको उल्लेख गर्नुभयो ।

नेपाली जनतालाई विभिन्न प्रलोभन देखाएर दक्षिणपन्थीहरुले लामो समय सम्म शोषण गरेको आरोप लगाउनुभयो । “जनताले विवेक प्रयोग गर्ने कि नगर्ने ? “उहाले भन्नुभयो– अब कसलाई रोज्नु पर्छ राम्रो सगँ बिचार गर्नुस् । “७० बर्षसम्म दक्षिणपन्थीहरुले नेपालका कम्युनिष्टहरुलाई फुटाएर राज गरेको आक्षेप लगाउनुभयो । अब नेपालको ईतिहासमा पहिलो पटक बहुमत सहितको बामपन्थी सरकार बन्ने पक्का भई सकेकाले अबको ५ बर्ष देश र राष्ट्रको पक्षमा काम गरिने उल्लेख गर्नुभयो । ५ बर्षसम्म बामपन्थी स्थिर सरकारले देशको नेतृत्व गरे ५० बर्षसम्म कसैले हल्लाउन नसक्ने ठोकुवा गर्नुभयो । नेपाली कांग्रेसको सरकारले बहुमत ल्याए पनि ५ बर्ष टिक्न सकेन् ।



नेपाली जनताले स्थिर सरकारको चाहना राख्दै आए पनि त्यो पुरा हुन नसकेको बताउनुभयो । अध्यक्ष प्रचण्डले १० बर्षमा १० वटा सरकार बन्न पुग्यो , झन पछिल्लो समय १ बर्षमा सरकार परिवर्तन फेरिने क्रम बढयो । यो क्रमलाई रोक्न स्थिर सरकारको परिकल्पनासगै एमाले माओवादी एक ठाउँमा उभिन पुगेको छ । दुई कम्युनिष्टहरुको एकता देशको समृद्धि ,विकासको लागि नै भएको हो–उहाँले भन्नुभयो । २०१९ साल देखि विभाजित कम्युनिष्ट शक्तिहरु एकीकृत हुदैछौ , धेरै अप्ठयारो परिस्थितमा पनि जनताको ईच्छा चहानालाई कदर गरेका छौ–प्रचण्डले भन्नुयभो ।

अब कम्युनिष्टको सरकार बन्दै छ , बहुमतको सरकार बन्दै छ भन्ने कुरा मात्र होईन । देश राजनीतिक भुमरीबाट निस्कीदैछ, विकासको यात्रामा , राष्ट्रिय पुँजीको विकासमा डो¥याउन खोजेका हौ । यो परिस्थितीलाई राम्रो सगँ साथ दिनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस