सरकार निकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, ०९ : ०४
सरकार निकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी बनेको छ । प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको हो ।

प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी बनेका हुन् । 

प्रतिक्रिया दिनुहोस