म्यानमारका नागरिकको जीवन रक्षाका लागि मैनवत्तीसहित प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, ०८ : १४
म्यानमारका नागरिकको जीवन रक्षाका लागि मैनवत्तीसहित प्रदर्शन

काठमाडौं । शान्तिवादीहरुले आँखा÷निधारमा कालोपट्टी बाँधी मैनवत्ती बोकेर चैत २५ गते साँझ काठमाण्डौ बौद्धमा प्रदर्शन गरेका छन् । म्यानमार बर्माका नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र वहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजद्वारा साँझ ६ः३० देखी ७ बजेसम्म बौद्धनाथ अगाडि आयोजित प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु दुर्गा राना, उमा गौतम, रुपा गिरी, रोज विष्ट, नानीकाजी गिरी, ईश्वर पुडासैनी, किरण ढकाल, यदु खतिवडासहित ५ दर्जन शान्तिवादीहरुको सहभागिता थियो । 

प्रदर्शनमा सहभागिहरुले बर्मा नागरिकको जीवन रक्षा गर, शान्ति बहाली गर, लोकतन्त्र बहाली गर, मानवता विरुद्धको अपराध अन्त्य गर, मानव अधिकार उल्लंघन बन्द गर, बर्मेली जनताप्रति ऐक्यवद्धता, सैनिक शासन खारेज गर लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा गोकर्णेश्वर न।पा।का उपमेयर शान्ति नेपाल, वडा अध्यक्ष रमेश अर्याल, नारायण सुवेदी, राजीव थापा, मनोज ढुंगाना, वडा सदस्य सत्यभाावा श्रेष्ठसहित जनप्रतिनिधिहरुले समेत प्रदर्शनमा सहभागी भई ऐक्यवद्धता जनाएका थिए। 

यसैगरी चैत २५ गते साँझ शान्ति समाजका दाङ, पाल्पा र चितवन शाखाले पनि बर्माका नागरिकको जीवन रक्षा तथा बर्मामा शान्ति र लोकतन्त्रको बहालीको मागसहित तुलसीपुर, तानसेन र भरतपुरमा प्रदर्शन गरेका छन् भने चैत २४ गते शान्ति समाजका रौतहट र बाजुरा शाखाले प्रदर्शन गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस