उत्तर कोरियाली शासकसँग चिनियाँ राष्ट्रपतिका ४ प्रस्ताव

विहीबार, १५ चैत्र २०७४, १० : १५
उत्तर कोरियाली शासकसँग चिनियाँ राष्ट्रपतिका ४ प्रस्ताव

चिनियाँ राष्ट्रपति सी जिन पिङले उत्तर कोरियाका शासक किम जोङ उनसँग चारवटा प्रस्ताव राखेका छन् । बेइजिङमा भएको भेटघाटनका क्रममा दुई देशको सम्बन्ध सुदृढ गर्न राष्ट्रपति सीले चारवटा प्रस्ताव राखेको चीनको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति सीले दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्न दुवैतर्फबाट उच्चस्तरीय भ्रमण गर्नुपर्ने प्रस्ताव गरेका छन् । चीन र उत्तर कोरियाले अग्रगामी र शान्तिपूर्ण विकासका लागि मिलेर काम गर्नुपर्ने रणनीतिक सञ्चारको सदुपयोग गर्नु पर्ने प्रस्ताव सीले गरेका छन् ।

राष्ट्रपति सीले चीन र उत्तर कोरियाको सम्बन्धको आधार बलियो बनाउदै दुईपक्षीय सम्बन्धलाई नागरिक–नागरिकबीचको सम्बन्ध तथा अन्य विभिन्न सहयोग आदान प्रदानमार्फत् सुदृढ गर्दै लैजाने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस