पोखरा । नेकपा एमाले माधव नेपाल समूहले कास्कीमा समान्तर कमिटी गठन गरी शपथ गराएको छ । चैत १९ गते माधवकुमार नेपाल र गण्डकी प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेले धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका थिए ।
समानान्तर कमिटीको सचिवमा होम नेपाली थिए । घोषणा गरिएको सदस्यको संख्या थपेर १४९ सदस्यीय पुर्याएर शपथ गराइएको कास्की अध्यक्ष आचार्यले जानकारी दिए ।
कमिटीको उपाध्यक्ष शोभखर भण्डारी, उपसचिव पूर्ण लामा चयन भएका छन् । यस्तै पोखरा महानगर कमिटी अध्यक्षमा मुक्ति पौडेल र सचिवको जिम्मेवारी सुशील बस्नेतलाई दिइएको छ ।
केन्द्रीय पोलिटब्युरो सदस्य तुलबहादुर थापाले कमिटीका पदाधिकारी तथा सदस्यलाई शपथ खुवाए । जिल्ला कमिटीका सदस्यहरुको नामावली टुंगो लागेपछि योगेश भट्टराईबाट शपथ खुवाउने कार्यक्रम थियो । मौसमका कारण जहाज नउडेपछि नेता थापाले शपथ खुवाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०७७, ०८ : ०५
लेखकबाट थप