बागमती प्रदेशसभाको बैठक माओवादी केन्दद्वारा अवरुद्ध

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १६ : ५२
बागमती प्रदेशसभाको बैठक माओवादी केन्दद्वारा अवरुद्ध

काठमाडौं । बागमती प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ ।माओवादी केन्द्रले लामो समयपछि सुरु भएको प्रदेशसभा बैठकमा विभिन्न मागहरु राख्दै संसद अवरुद्ध गरेको हो । 

माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विभिन्न बहानामा सरकारले छलफलमा ल्याउन नदिएको, पुस १० गते पश्चात सरकार परिवर्तन भएपछि सत्तापक्षले एकलौटी ढंगबाट नीति तथा कार्यक्रम र बजेट पठाउने गर्ने काम गरेको र सरकारले प्रदेशमा छलफल बिना नै विद्युतीय बस संचालनमा ल्याउन लागेको भन्दै तत्काल त्यस सम्बन्धमा उचित जवाफ माग गर्दै संसद अवरुद्ध गरेको हो ।

प्रतिक्रिया दिनुहोस